×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिडियाखाना पुगेर प्रधानमन्त्रीले भालुलाई जिस्काए, चिम्पान्जीलाई बोलाए … सबै हाँसेपछी मुसुक्क मुस्कुराए…

PRIME CA

चिडियाखाना पुगेर प्रधानमन्त्रीले भालुलाई जिस्काए, चिम्पान्जीलाई बोलाए … सबै हाँसेपछी मुसुक्क मुस्कुराए…

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित सदर चिडिया खानाको अवलोकन गरेका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार प्रधानमन्त्रीले अवलोकन गरेका हुन् । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत एउटा गैडाको बर्षभरीको सम्पुर्ण खर्चको जिम्मा लिएका छन् । आफुले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैडाको खाना बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाएका छन् ।
चिडिया खानामा वन्तजन्तुको अवलोकन गर्दै भालुलाई राखिएको ठाउँमा पुगेर प्रधानमन्त्री ओलीले -‘ओ भालु, एता हेर…ओ भालु उता हेर…’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए । यस्तै त्यसपछि उनी चिपान्जी भएको पुगे र त्यहाँ पुगे भालुलाई ‘ओ काले…ओ काले…’भन्दै बोलाए । चिडियाखाना प्रवेश गरेलगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए । उनले एकसिंगे गैडाका बारेमा पनि लामो व्याख्या गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: