- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको चैत ३१ गते सम्पन्न वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक समूहबाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्प राज ढकाल र सन्तोष पोखरेल रहेको छन् भने सर्वसाधारण समूहबाट केशवराज पन्थी र बिमल आचार्यको निर्वाचित भएका हुन् ।