
वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले कोभिड-१९ महामारीको पहिलो चरणमा चीनले आवश्यक सूचना र जानकारी नदिएर लुकाउन खोज्दा भयावह स्थिति सिर्जना भएको भन्दै चीनको चर्को आलोचना र निन्दा गरेका छन् ।
एनबीसीको मिट द प्रेससँगको एक अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, ‘मलाई लाग्छ कि चीनलाई थाहा छ कोभिड-१९ को उद्गम चरणम । तर, चीनले यसलाई नियन्त्रणका लागि गर्नुपर्ने आवश्यक कामहरु गरेन । जुन वास्तविक समयमा पहुँच दिनुथियो, ती सूचनाहरुको पहुँच दिएन ।’
अन्तर्राष्ट्रिय विज्ञहरू, वास्तविक समयमा सूचना साझा गर्न, वास्तविक पारदर्शिता प्रदान गर्न वास्तविक समयमा जानकारी गराउने काम चीनले नगर्दा आज भयावह स्थिति सिर्जना भएको छ । र त्यो असफलताको एउटा परिणाम भनेको भाइरस चाँडै विश्वभर फैलियो र बढी गम्भीर परिणामहरू देखा पर्न थालेका छन्, यो कहिले नियन्त्रणमा आउँछ भनेर भन्न सकिने अवस्था छैन,’ उनले थपे ।
अमेरिका र चीनले हालसालै कोभिड-१९लगायतका धेरै मुद्दाहरुमा वार्ता गरेका थिए । ‘जब हामी कोभिड–१९ को विषयमा कुरा गर्छौं, हामीले एक शक्तिशाली विश्वव्यापी स्वास्थ्य सुरक्षा प्रणाली पनि सुनिश्चित गर्न, वा यदि यो फेरि भयो भने हामी यसलाई शान्त पार्न सक्षम छौं भन्ने कुराको सुनिश्चितता गरिनुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्