×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बंगलादेशमा काम गरेको बक्यौता ज्याला माग्ने कामदारहरुमाथि गोली चलाउँदा ५ जनाको मृत्यु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

बंगलादेशमा काम गरेको बक्यौता ज्याला माग्ने कामदारहरुमाथि गोली चलाउँदा ५ जनाको मृत्यु

ढाका । बंगलादेशको चटगाउँ क्षेत्रको बाँशखलीस्थिति चिनियाँ जोइन्ट भेन्चरको कोइला उद्योगमा गोली चल्दा पाँच जना मारिएका छन् । उक्त गोलाबारीमा करिब १५ भन्दा बढी कामदारहरु घाइते भएका छन् । मुस्लिमहरुको महान चाड रमजान मनाउनका लागि आफ्नो काम गरेको बक्यौता ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारहरुमाथि गोली चलाइएको हो । चटगाउँ रेन्जका डिप्टी इन्सपेक्टर जनरल अन्वर हुसेनले भने, ‘मृत्यु हुनेमा चुआडांगाका रोनी, किशोरगञ्‍जका मो.राहाद, नरसिंगीका शुवो, बन्शाखलीका महमूद रजा र नोआखलीका रायहान रहेका छन् ।’
‘रायहान’ को चटगाउँ मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका ड्युटी डा.फ्यासल करीमले बताइन् । डीआईजी हुसेनका अनुसार बाँशखलीको गण्डमारामा कोइलाबाट बिजुली उत्पादन गर्ने प्लान्टमा काम गर्ने कामदारहरूले रमजान मनाउनका लागि आफ्नो बाँकी रकम दिनुपर्ने माग गर्दै शुक्रबारदेखि प्रदर्शन गरिरहेका थिए । रमजान आउनुअघि नै आफूहरुलाई आफ्नो बाँकि ज्याला नदिएको भन्दै असन्तुष्ट कामदाहरुले माग पूरा नभएको र मजदुरका नेताहरुले पनि आफ्नो मागको सुनुवाइ नगरेको भन्दै धर्ना दिइरहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: