
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ६ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व संकललन गर्ने लक्ष्यमा २२ करोड ९० लाख ९९ हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।
गएको आवको यसै अवधिमा संकलित राजस्वभन्दा चालू आर्थिक वर्षमा एक अर्ब ३३ करोड १० लाख नौ हजार बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको छ । कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व संकलनमा प्रगति भएको र विस्तारै अन्तः शुल्क वृद्धि हुने संकेत देखिएको बताए ।
उनले अन्तःशुल्क चालु आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक संकेत भएको बताए । कार्यालयले सो अवधिमा आयकरतर्फ दुई अर्ब ४३ करोड ६ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ एक अर्ब ९१ करोड २७ लाख ३६ हजार संकलन गरेको छ । संकलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ ।
अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो । गएको वर्षमा सो अवधिमा कार्यालयले चार अर्ब ८८ करोड ८६ लाख ६ हजार राजस्व संकलन गरेको थियो । कार्यालयले सोही अवधिमा कूल ६ अर्ब ८५ करोड ८३ लाख ३८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गएको वर्ष राजस्व संकलन हुनुमा अन्तःशुल्कमा प्रगति कम देखिएको थियो ।
कोरोनाका कारण बन्दाबन्दी हुनु, विकास निर्माणको काम ठप्प हुनु र मदिराजन्य पदार्थको उत्पादन एवं बिक्री पनि न्यून देखिकाले अन्तःशुल्कबापत संकलन हुने राजस्व कम भएको प्रमुख सापकोटाको भनाइ छ । गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धि करमा १०४ प्रतिशत र अन्तः शुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो । विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक संकेत देखिएको प्रमुख सापकोटाको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्