×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ सेना पिपुल्स लिबेरेसन आर्मीद्धारा हङकङ प्रहरी अधिकारीहरुलाई प्रशिक्षण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिनियाँ सेना पिपुल्स लिबेरेसन आर्मीद्धारा हङकङ प्रहरी अधिकारीहरुलाई प्रशिक्षण

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हङकङ । चिनियाँ सेना पिपुल्स लिबेरेसन आर्मीले हङकङ प्रहरी अधिकारीहरुलाई चिनियाँ शैलीमा प्रशिक्षण गरिरहेको छ । हङकङमाथि कठोर नीति अबलम्बन गरेको चीनले आफ्नो शैलीमा हङकङ प्रहरी अधिकारीहरुलाई प्रशिक्षण गरिरहेको बताइएको छ । बेलायतले चीनलाई हङकङ फिर्ता गरेको आगामी २०२२ जुलाई १ मा २५ औं बार्षिकोत्सव मनाउन चिनियाँ सेनाले हङकङ सुरक्षा बललाई प्रशिक्षण गरिरहेको बिश्लेषण गरिएको छ । यधपी हङकङ प्रहरी बलले भने पराम्परागत बेलायती फुट ड्रिल नै ३३ हजार प्रहरी बल अभ्यासको उच्च स्तरीय मापदण्ड रहने बताएको छ ।
हङकङमा लोकतन्त्रवादी पक्ष बिरुद्ध चीनले राजनीतिक दमन गरेको भन्दै युरोपेली संघ तथा अन्तराष्ट्रिय समुदायहरुले चीनको निन्दा गर्दै आएको छ । चीनले गत बर्ष आफु अनुकुल हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ । यो कानुन अनुसार चीन बफादारहरु मात्र हङकङको नेतृत्वमा रहने र विदेशी निकायहरुसँग सम्बन्ध राख्ने लाई कठोर कारबाही हुने व्याबस्था छ । यो व्याबस्थाले हङकङमा लोकतनत्रवादीहरुलाई निशाना बनाएको भन्दै अन्तराष्ट्रिय समुदायले चीनको निन्दा गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: