×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिनियाँ कम्पनीद्धारा नेपाली कम्पनीलाई धोका, सहयोग गरिदिन सूर्य-किरण फाइबर उद्योगको सरकारलाई आग्रह

चिन । चिनियाँ कम्पनीहरुले नेपाली कम्पनीलाई सामान पठाइदिने भन्दै रकम बुझिसकेको लामो समय भइसक्दा पनि सामान नपठाएर धोका दिएका छन् । यस विषयमा नेपाल सरकार भने रमतिजस्तै बनेको छ । सामान आयातका लागि रकम भुक्तानी गरेको चिनियाँ कम्पनी सम्पर्कविहीन भएको लामो समयसम्म पनि सामान नपठाएपछि सरकारलाई सहयोग गरिदिन सूर्य-किरण फाइबर उद्योग प्राइभेट लिमिटेडले आग्रह गरेको छ ।
सरकारले भने कुनै ठोस पहल चाल्‍न सकेको छैन । पटक-पटकको दबाबपछि परराष्ट्र मन्त्रालयले चीनस्थित नेपाली दूतावासलाई यसबारे पत्राचार गरेको छ । उक्त कम्पनीले न सामान नै पठाएको छ न त रकम नै फिर्ता गरेको छ । हाल उक्त चिनियाँ कम्पनी सम्पर्कविहीनको अवस्थामा छ । उक्त पत्रमा भनिएको छ, ‘चीनस्थित सम्बन्धित निकायको सहकार्यमा चीनस्थित उक्त कम्पनीलाई सामान पठाउने ग्यारेन्टी अथवा क्षतिपूर्तिसहित रकम भुक्तानी गर्न पहल गरिदिन अनुरोध छ ।’
कोरोना महामारीलाई कारण देखाउँदै लामो समयदेखि नेपाली व्यापारीहरुले चीनमा आयात गरेको सामनहरु ढुवानी हुन सकेको छैन । हाल चिनियाँ खोप लगाएकाहरुलाई मात्रै चीन जान दिने प्रावधानसमेत बनाइएको छ । जसका कारण नेपालीहरुले चीन जान सक्ने अवस्था पनि छैन । लामो समय सीमा क्षेत्रमा नाकाबन्दीका कारण नेपाली व्यापारीहरुका सामान सीमा क्षेत्रमै अलपत्र परेका छन् । उक्त सामानहरु समयमै आयात हुन नसक्दा नेपालको अर्थतन्त्रमा नै ठूलो चोट पुगेको छ । यस विषयमा पनि सरकारले चीनसँग मुख खोल्‍न सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: