×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ सिनोफर्म खोपप्रति श्रीलंकाका सांसदको आपत्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चिनियाँ सिनोफर्म खोपप्रति श्रीलंकाका सांसदको आपत्ति

Artha Sarokar

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चिन । चिनियाँ सिनोफर्म खोप विश्वभर विवादित भैरहेकै बेला श्रीलंकाका एक सांसदले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को स्वीकृति बिना देशमा चिनियाँ खोप ल्याइएको भन्दै आपति जनाएका छन् । कोलम्बो पेज अनुसार सामगी जना बालावेगाया (एसजेबी) पार्टीका विपक्षी नेता मानुषा नानायकाराले चिनियाँ खोप विरुद्ध आपति जनाएका हुन् । ‘हाम्रा विज्ञहरू भन्छन् कि चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनको स्वीकृति छैन ।
राष्ट्रिय औषधि नियामक प्राधिकरणका डाक्टर र अधिकारीहरूले पनि चिनियाँ खोप स्वीकृत गर्न नसक्ने बताएका छन । यद्यपि सरकारले चिनियाँ खोप नै आयात गर्यो ।’, उनले भने । उनले चिनियाँ खोपलाई स्वीकृति नदिएकोले औषधि नियामक प्राधिकरणका चार सदस्यलाई राजिनामा दिन लगाइएको समेत आरोप लगाएका छन् । उनले सरकारी र निजी क्षेत्रका वरिष्ठ चिकित्सकहरूले चिनियाँ खोपको प्रयोगमा चिन्ता व्यक्त गरेको बताउदै खोपमा राजितिकरण गरिएको प्रति दुख व्यक्त गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी