Skip to content
LAXMI SUNRISE BANK

नक्कली पिसिआर रिपोर्ट बनाएको सुराकीपछि सिनामंगलको सूर्य ल्याबमा प्रहरीको छापा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिनामंगलको सूर्य ल्याबमा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाका अनुसार  नक्कली पिसिआर रिपोर्ट बनाएको सुराक पाएपछि सो स्थानमा छापा मारिएको हो । 
मानिसको कोरोना परिक्षणका लागि स्वाब नै नलिइकन कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट सो ल्याबले दिने गरेको पाइएको महाशाखाले जनाएको छ । 
साथै ४ जनाको नक्कली पीसीआर रिपोर्ट पनि फेला परेको छ । ल्याबका संचालकलाई कारवाही गरिने भएको छ । पछिल्लो समय नेपालमा दोस्रो लहरको संक्रमण फैलिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK