×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफामा ५९.२३% को बढोत्तरी, खराब कर्जा बढेर २.६९% पुग्यो (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफामा ५९.२३% को बढोत्तरी, खराब कर्जा बढेर २.६९% पुग्यो (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५९.२३% ले धेरै हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ ६६ पैसा (वाषिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३१ पैसा छ । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ७१.१२% ले बढेर ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । 
यता सञ्चालन नाफा भने २ करोड ३७ लाख रुपैयाँबाट घटेर २ करोड १७ लाख रुपैयाँमा झरेको छ । यसको खराब कर्जा भने १.२८% बाट बढेर २.६९% पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: