×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारत र बंगलादेशको साझेदारीले भयो दुबै मुलुकको द्विपक्षीय सम्बन्धको नयाँ मोडलको विकास

भारत । भारत र बंगलादेशले दुबै मुलुकबीचको साझेदारीयले द्विपक्षीय सम्बन्धको नयाँ मोडल विकास भएको बताएका छन् । दुबै मुलुकले शनिबार व्यापार, प्रविधि क्षेत्रको महत्वपूर्ण कुराको समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेश समकक्षी शेख हसिना वाजेदले सीमा क्षेत्रको आतंकवाद, रेल सेवा विस्तार, व्यापार र प्रविधि क्षेत्रमा साझेदारी गर्ने विषयमा हस्ताक्षर भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।
कोभिड-१९ को प्रकोपपछि प्रधानमन्त्री मोदीले विदेशमा पहिलो भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीको यस भ्रमणलाई निकै महत्वपूर्णरुपमा हेरिएको थियो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयंती, राष्ट्रपिता बंगबंधु शेख मुजीबुर रहमानको जन्म शताब्दी र भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्धको ५० वर्षगाँठको अवसरमा प्रधानमन्त्री मोदीले बंगलादेश भ्रमण गरेका हुन् ।
प्रधानमन्त्री मोदी र शेख हसीनाबीच भएको द्विपक्षीय वार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा भारत र बंगलादेशबीचको आधा शताब्दीको साझेदारी एक नयाँ मोडलको रुपमा स्थापित भएको छ । यस सम्बन्धलाई थप बलियो, परिपक्व र ‘सम्पूर्ण क्षेत्रका लागि द्विपक्षीय सम्बन्धको नमूनाका रूपमा विकसित’ गर्दै अघि बढ्ने बताइएको छ । वार्तालाई ‘सौहार्दपूर्ण’ मानिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: