×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बंगलादेशमा रहेको जेश्वरेश्वरी मन्दिरमा सामुदायिक हल निर्माणका लागि भारतले सहयोग गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बंगलादेशमा रहेको जेश्वरेश्वरी मन्दिरमा सामुदायिक हल निर्माणका लागि भारतले सहयोग गर्ने

Artha Sarokar

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा रहेको जेश्वरेश्वरी मन्दिरमा सामुदायिक हल निर्माणका लागि भारतले सहयोग गर्ने बताएका छन् । जेश्‍वरेश्वरी मन्दिरमा दर्शन गरेपछि प्रधानमन्त्री मोदीले भारत सरकारले बंगलादेशको सतखीरा जिल्लाको ईश्वरीस्थित जेश्वरेश्वरी काली मन्दिरमा बहुउद्देश्यीय सामुदायिक हल निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री मोदीले बंगलादेश भ्रमणको दोस्रो दिनमा भारत र छिमेकी देशहरूमा छरिएका ५१ शक्ति पीठमध्ये एक जसोलेश्वरी काली मन्दिरको पूजा गरेका हुन् । ‘आज, मैले यस काली पीठको दर्शन गर्ने अवसरा पाएको छु । मां कालीलाई नमन छ । मैले उनलाई मानव जातिलाई कोभिड-१९बाट मुक्त गर्न प्रार्थना गरें,’ प्रधानमन्त्री मोदीले काली मन्दिरमा प्रार्थना गरेपछि एएनआईलाई भने । प्रधानमन्त्री मोदीले मा कालीलाई हातले बनाइएको मुकुटसमेत पहिराएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरनदाम बक्छीले चाँदी र सुनको जलप लगाइएको मुकुट पहिराएको जानकारी दिएका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी