×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निम्बसको आइपीओ आउँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

निम्बसको आइपीओ आउँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । निम्बस होल्डिङस् कम्पनीको सहायक कम्पनी निम्बस कोल्डस्टोरेज कम्पनीले आइपीओ जारी गर्ने भएको  छ ।  कम्पनीले करिब ८ करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो । तयारी अन्तिम चरणमा पुगेको निम्बस  होल्डिङले जनाएको छ ।   
होल्डिङकै सहायक कम्पनी निम्बस कोल्डस्टोरेजको आईपीओ दुई महिना भित्रमा जारी गर्ने गरि तयारी भएको हो । संस्थामा विभिन्न संस्थागत लगानीकर्ताहरु पनि भएकाले आईपीओ जारी गर्न लागिएको हो । सो यस ग्रुपको आईपीओ जारी गर्ने उक्त कम्पनी पहिलो कम्पनी हुनेछ । 

यता मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले अनुमति पनि पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त जलविद्युत् कम्पनीलाई वैशाख ५ गते आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: