
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ३८.१८% ले नाफा बढाएर ६० करोड २५ लाख रुपैयाँ कमाएको छ । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको वित्तीय विवरण उल्लेख छ । यता बैंकको खुद ब्याज आम्दानी ६.३२% ले घट्दा बैंकले सञ्चालन नाफा भने ३८.२४% ले बढेको छ । चैत मसान्तसम्म बैंकले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ८५ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड ६९ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७६% बाट घटेर ०.५८% मा झरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्