×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाउँलाई छुन नसकेको कैलालीको लकडाउन, स्थानिय भन्छन्, ‘प्रशासनको केटाकेटीपनले कोरोनाको चेन ब्रेक हुँदैन !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गाउँलाई छुन नसकेको कैलालीको लकडाउन, स्थानिय भन्छन्, ‘प्रशासनको केटाकेटीपनले कोरोनाको चेन ब्रेक हुँदैन !’

Artha Sarokar

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । लकडाउनको दोस्रो दिन शुक्रबार एकाबिहानै बजारमा मानिसहरुको आवतजावत र चहलपहल निकै देखिन्थ्यो । जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य समयमा बाहिर ननिस्किनका लागि जिल्लाबासीमा आग्रह गरेको र प्रहरीको उपस्थिति बलियो भएकाले पनि बजार क्षेत्र केही सुनसान जरुर देखिन्थ्यो । तर ग्रामीण क्षेत्रमा भने अवस्था ठ्याक्क विपरित थियो ।
धनगढी उपमहानगरपालिका वडा नं.१४, १५, १६, १८, १२ (फुलवारी, कनरी, जुगडा) लगाएतका क्षेत्रमा अधिकांश नागरिक बिना मास्क घुमिरहेका देखिन्थे । युवाहरु जमघट गर्दै क्यारम खेल्दै देखिन्थे भने वृद्धवृद्धाहरु चिया पसलमा गफगाफ गर्दै देखिन्थे । यता प्रशासनले आदेशको उल्लंघन गरेमा संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने बताईरहँदा ग्रामीण क्षेत्रका नागरिक भने निष्फिक्रि देखिन्छन् । कोरोनाको संक्रमणमा किन यस्तो लापरवाही ? भन्ने हाम्रो प्रश्नमा स्थानियको जवाफ थियो, ‘लकडाउन कागजमा छ भएपनि केहि शहरमा छ तर गाउँमा प्रभाव भने शुन्य छ ।’
‘कैलाली प्रशासनको लकडाउन शहर केन्द्रित भयो’, धनगढी १२ का स्थानिय सुनिल बस्नेतले भने, ‘गाउँमा प्रशासनको उपस्थिति शुन्य हुँदा लापरवाही पनि त्यत्तिकै मात्रामा बढेको छ ।’ उनले थपे, ‘हामीले त लकडाउन पालनाको लागि अपिल गरेकै छौँ तर स्थानियको कुरा स्थानियले नै मान्न ग्रामिण क्षेत्रमा गाह्रो छ । प्रहरी देख्दा सचेत हुन्छन् तर प्रहरीको उपस्थिती शहरमा मात्रै छ ।’
कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि कैलालीमा लकडाउन गरिएको हो तर दिनभरी लकडाउन गरेजस्तो गर्ने बिहान र साँझ सबै सेवा सञ्चालन र भिडभाड गर्दा जोखिम बढ्ने र जनता मार्ने काम गरेको स्थानियको आरोप थियो । ‘यो त प्रशासनको केटाकेटीपन हो’, धनगढी १८ का स्थानिय सुनिल विकले भने, ‘यसरी संक्रमण नियन्त्रण हुँदैन ।’
कोरोनाको दोस्रो लहर सूरु भएसँगै सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयले आदेश पुर्ण रुपमा प्रभावकारी ढंगबाट कार्यान्वयन नहुँदा जोखिम भने यथावत रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी