×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलारी उद्योग वाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न, कस्ता छन् एजेण्डा ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कैलारी उद्योग वाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न, कस्ता छन् एजेण्डा ?

११ बैशाख २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा कैलारी उद्योग वाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कैलारी गाउँपालिकामा संघको उद्घाटन तथा साधारण सभा सम्पन्न भएको हो ।
औपचारीक रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रमको सभाध्यक्ष कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरी रहेका थिए भने प्रमुख अतिथि कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले गाउँपालिकामा उद्योग वाणिज्य संघको स्थापना भएसँगै उद्योगी व्यवसायीहरुलाई सहज हुने बताए । उनले भने, ‘कुनैपनि हालतमा व्यापारीका समस्या समाधान गछौँ र त्यसमा स्थानिय तहले पनि भरपूर सहयोग गर्नेछ ।’
त्यस्तै कार्यक्रममा कैलारी उधोग वाणिज्य संघका महासचिव शंकर प्रसाद चौधरीले संघको नीति र एजेण्डा प्रस्तुत गरेका थिए । उनले स्थापना कालदेखि व्यवसायीहरुको हक हित र उब्जिएका समस्याप्रती लगातार काम गर्दै आएको बताए । त्यस्तै संघको एजेण्डाबारे प्रष्ट पार्दै उनले हसुलियासँगै गाउँपालिका भित्र रहेको अव्यवस्थित बजारको व्यवस्थापन पहिलो प्रथामिकता रहेको बताए । उनले भने, ‘नेपाल सरकारको नीति नियममै रहेर काम गर्नेछौँ र व्यापारीका हकहितका लागि लड्नेछौँ ।’
त्यस्तै कार्यक्रममा संघका कोषाध्यक्ष विशेष कुमार चौधरीले कोरोना कहरको समयमा गरिएको आर्थिक संकलनको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले हालसम्म विभिन्न व्यापारी तथा निकायबाट कैलारी उद्योग वाणिज्य संघको नाममा १ लाख २३ हजार ४०५ रुपैँया आम्दानि भएको जानकारी दिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष नेपालु चौधरीले कोरोनाले पारेको प्रभावलाई मध्यनजर गर्दै अर्थ नीति परिवर्तन गर्नुका साथै साना तथा मझौला व्यापारीको समस्यालाई मुलरुपमा लिईने बताए । उनले भने, ‘साना तथा मझौला व्यापारिको सरक्षण गछौँ र त्यस काम र उद्धेश्य प्राप्तीका लागि उधोग वाणिज्य संघका कामप्रती स्थानिय पालिकाले पनि पुर्ण रुपमा सहयोग गर्नुपर्छ ।’
विगतका दिनमै गठन गरिएको कैलारी उद्योग वाणिज्य संघको १७ सदस्यिय समिती प्रथम साधारण सभाको दिन सार्वजनिक गरिएको थियो भने सोहि दिन पदाधिकारीहरुद्धारा सपथ ग्रहण समेत गरिएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोसः 









CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: