×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य इतिहासकै महँगो, अझै महंगीने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य इतिहासकै सबैभन्दा महँगो भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हालसम्मकै उच्च बिन्दु अर्थात कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको हो ।
बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्यबढेको हो । तयारी मासुको कोल्ड स्टोर थोक मूल्य बढेसँगै खुद्रामा मासुको भाउ प्रतिकिलोमा ४५० रुपैयाँसम्म पुगेको हुनसक्ने संघले जनाएको छ ।
यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएपछी त्यसको असर मासुको मूल्यमा परेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: