×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सको बदमासी ! आँखा मधुरो देख्नेलाई चस्मा नलगाएको बेला हस्ताक्षर गराएर सम्झौता रद्ध !

  • अर्थ सरोकार सम्बाददाता
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ५ कि सुनिता रायमाझीलाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कर्मचारीले निदहराम गराएका छन् । उक्त संस्थाका कर्मचारीले बिना जानकारी रायमाझीलाई सम्झौतामा दस्तखत गर्न लगाएपछि घरधनी हैरान भएका हुन् ।
दुई वर्षअघि रायमाझीको घरमा मेरो माइक्रोफाइनान्सको कार्यालय स्थापनाकालागि सम्झौता भएको थियो । पाँच वर्षका लागि दोश्रो तलाको फ्ल्याट भाडामा लिने सम्झौता गरिएतापनि संस्थाका कर्मचारीले दुई वर्ष ६ महिना नबित्दै सम्झौता रद्ध गरेका छन् । घरधनीलाई भाडा दिने भन्दै जबरजस्ती बोलाएर एउटा पत्रमा संस्थाको सेकेन्डम्यान लक्ष्मी भट्टले दस्तखत गर्न लगाएको दाबी घरभेटीको छ । घरधनीले पनि भाडा बुझिलिएको पत्र होला भन्दै दस्तखत गरे । घरधनि चस्मा नलगाई आँखा देख्न सक्दिनन् ।
राती सात बजेपछि संस्थाका कर्मचारी भट्टले जबरजस्ती गर्दै भाडा शुल्क दिई पत्रमा दस्तखत गर्न लगाको घरभेटीको आरोप छ । घरधनी रायमाझीले चस्मा नलगाएको र विगतमा जस्तै भाडा बुझिलिएको भन्ने प्रमाणकालागि दस्तखत गरिएको होला भनेर नपढेको दाबी घरभेटीको छ ।
‘प्रक्रिया पूरा गरेर दस्तखत गरेको भए मलाई कुनै गुनासो थिएन । यो त सम्पत्ति खान निदाएको बेला औंठाछाप लगाईदिएको कथा जस्तै भयो ।’ रायमाझीले अर्थ सरोकार डटकमसँग भनिन्, ‘ संस्था जतासुकै गएपनि आफूहरुलाई खासा मतलव छैन, तर झुक्याएर हस्ताक्षर गराइएकोले म कानुनी प्रक्रियामा जान्छु ।
‘संस्थाको कर्मचारीलाई के कुरामा चित्त बुझेन त्यो थाहा छैन । तर, रिसिबि साँधेर जुन तरिकाले कर्मचारीले व्यवहार गरे, त्यस्ले संस्थाको साखमाथिनै प्रहार भएको छ ।’ उनले भनिन्,’सामान्य कुरालाई लिएर कर्मचारी भट्ट रुष्ट हुनुहुन्थ्यो । घरका सामानहरु प्रयोग गर्दा समेत कर्मचारीले लापवार्ही गरेका थिए । अव उहाँहरुको समस्यालाई समाधान गर्नुको सट्टा मलाई यस्तो गलत व्यवहार हुनु ठिक मानेको छैन मैले ।’
यता, घरधनि र संस्थाबिचको विवादका बारेमा बुझ्न खोज्दा शाखा प्रवन्धक कुमार थापासँग सम्पर्क हुन सकेन । नागरिकको सेवासुविधाकालागि स्थापना भएको संस्थाले देखाएको व्यवहारले धेरै प्रश्न उठाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: