![](https://arthasarokar.com/wp-content/uploads/2021/04/image-31.png)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९१ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १२३ रुपैयाँ कायम गरेको छ ।