×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ‘फटाहा’ डाक्टर, जसले ५०० रुपैयाँमा एसएलसीको सर्टिफिकेट किने, बंगलादेशमा डाक्टरी पढे, नेपालमा काम गरे !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी ‘फटाहा’ डाक्टर, जसले ५०० रुपैयाँमा एसएलसीको सर्टिफिकेट किने, बंगलादेशमा डाक्टरी पढे, नेपालमा काम गरे !

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । एस.एल.सी.को प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जानको निमित्त एस.एल.सि.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्कलगायतका विवरणहरु सच्याई सोही किर्ते मार्कसिटको आधारमा बंगलादेशमा एम.बि.बि.एस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्विकृती लिएका र हाल विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा न्यूरो हस्पिटल बिराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाष प्रसाद साह, दिर्घायू गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेश कुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिएका छन् ।
उनीहरु सँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारस्थित ज्योतिदिप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि प्रक्राउ गरिएको उनको भनाइ छ । प्रक्राउ परेकाहरुलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाले बताए । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: