Skip to content
LAXMI SUNRISE BANK

सरकारी कार्यलयमा हाकिम सापको `नांगो नाच´, लकडाउनमा गेट लगाएर कार्यलयभित्र बहिनीको विवाह !

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सरकारी कार्यालयमा ‘विवाह’ ! सायद कमै सुनिने र सुन्दा पनि अस्वभाविक लाग्ने तर कैलालीमा निषेधाज्ञाकै दिन सरकारी कार्यालयमा विवाहको आयोजना गरिएको छ ।
कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा विवाहको आयोजना गरिएको हो । नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनिको विवाह आयोजना गरिएको हो । उनले भने, कैलाली प्रशासनको अनुमतिबाटै विवाहको आयोजना गरिएको हो ।
यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित कुनैपनि सुचना नआएको र आफुले निर्देशन पनि नदिएको बताए । उनले भने, ‘कार्यालयका हाकिमको आफ्नै घर नभएकोले बहिनिको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु तर आधिकारीक रुपमा प्रशासनले अनुमति भने दिएको छैन ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK