
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँ माथि पुरानो बस पार्कमा निर्माणाधिन ‘काठमाण्डौं भ्यू टावर’ का ठेकेदारसहितको टोलीले सोमवार भौतिक आक्रमण गरेको छ। आक्रमणका क्रममा सञ्चार सामग्री तोडफोड तथा ज्यान मार्ने धम्कीसमेत दिएको पीडित सञ्चारकर्मीले वताएका छन् ।
सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण, पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको, हेमचन्दलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको सम्बन्धमा रिर्पोटिङ्ग गर्न जाँदा गुरागाईँ माथि आक्रमण भएको हो । ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा उनी माथि आक्रमण भएको छ।
उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेका छन् । यति मात्र होईन, ठेकेदार मनोज भेटवालका सुपरभाईजर ज्ञान वहादुर रायले ज्यान मार्ने धम्की समेत दिएको गुरागाईले गुनासो गरे। उनले संलग्न सवैलाई कारवाही गर्न र तोडफोड भएको सञ्चार सामग्रीको क्षतीपुर्ति उपलब्ध गराउन माग गरेका छन् । यस विषयमा आफुले प्रहरी परिसर टेकुमा समेत जानकारी गराएको उनले वताए । प्रहरीका अनुसार हाल तीनै जना मोवाईल स्विच आफ गरेर फरार छन् ।
नेपाल आज प्रालिले सोमवारै विज्ञप्ति प्रकाशित गरी घट्नाको निन्दा गरेको छ। विज्ञप्तिमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन, क्षती भएको सञ्चार उपकरणको उचित क्षतिपुर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न माग गरिएको छ।

सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्न समेत विज्ञप्तिमा सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
‘पत्रकार माथि भएको यस्तो जघन्य घट्नामा संलग्नलाई कानुनी कारवाही र क्षतिपुर्तिको ब्यवस्था नभए हामी आन्दोलनमा उत्रिन वाध्य हुने छौं’ विज्ञप्तिमा भनिएको छ–‘त्यसवाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी राज्य संयन्त्रले लिनु पर्ने चेतावनी समेत दिन चाहान्छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्