×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय दलित मुक्ति जागरण अभियानद्धारा विशाल प्रदर्शन, दलित समुदायको हक अधिकार स्थापित गर्न माग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय दलित मुक्ति जागरण अभियानद्धारा विशाल प्रदर्शन, दलित समुदायको हक अधिकार स्थापित गर्न माग

नेपालगंज । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले बाँकेको नेपालगंजमा विशाल प्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले नेपालगजंमा लुम्बिनी प्रदेशस्तरीय भेला र प्रदर्शन गरेको हो । राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिए ।
जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन र सरकारलाई दबाब दिन प्रदर्शन आयोजना गरिएको सुनारले बताए । यसअघि अभियानले सप्तरी र दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ। नेपालगंजमा आइतबार आयोजित प्रदर्शनमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशबाटसमेत ठूलो संख्यामा सहभागिता रहेको थियो । संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपाली, अधियानका पूर्वी नेपाल संयोजक राजेश विद्रोहीलगायत दलित अगुवाहरुको सहभागिता थियो । यो अभियानले अब संघीय राजधानी काठमाडौंलगायत देशका ठूला सहरमा यस्ता जागरण अभियान र प्रदर्शनलाई निरन्तरता दिने संयोजक सुनारले बताए ।संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: