×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्वारा आर्थिक संकटको पुनर्रुत्थानका लागि जलवायु परिवर्तनका मुद्दासँग जोड्ने प्रयासको आलोचना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतद्वारा आर्थिक संकटको पुनर्रुत्थानका लागि जलवायु परिवर्तनका मुद्दासँग जोड्ने प्रयासको आलोचना

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । भारतले जी२० वार्तामा कोरोना भाइरस महामारीका कारण भएको आर्थिक संकटको पुनर्रुत्थानका लागि जलवायु परिवर्तनका मुद्दासँग जोड्ने प्रयासको आलोचना गरेको छ । भारतले विकासोन्मुख देशहरूमा ठूलो विकास लागत लगाउनेसमेत जनाएको छ । अमेरिकी प्रशासनले महामारीबाट रिकभरीको प्रक्रियाको एक अंशको रुपमा जलवायु परिवर्तनको मुद्दालाई पनि जोड्‍नुपर्ने तर्क गरेको छ ।
वरिष्ठ सरकारी अधिकारीहरुले व्यापारमा लगानी, विकासको लागि लगानी आदिमा ‘शर्त’ राख्‍ने रणनीतिले सबैभन्दा खराब आर्थिक प्रभाव पर्ने जोड दिएको छन् । यसले गरीब र विकासशील देशको आर्थिक संकटलाई थप समस्यामा पार्नसक्ने उनीहरुले बताएका छन् । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार संजीव सान्यालले जलवायु परिवर्तन गम्भीर विषय भएकोले आर्थिक पुनरुद्धारको तात्कालिक उद्देश्यका साथ यसलाई भ्रममा पार्न नहुने बताएका छन् ।
‘भारत पक्कै पनि आफ्नो जलवायु प्रतिबद्धताहरुको पालना गरिरहेको छ र हामी अझ बढी गर्न इच्छुक छौं, तर म यसलाई जी२० प्लेटफर्ममा ल्याउन असमर्थ छु । किनकि त्यहाँ हामीसँग सहमति भएको भाषा छैन,’ उनले आरआईएसले आयोजना गरेको सेमिनारमा भने । दिल्लीस्थित थिंक ट्यांकले विश्वव्यापी व्यापार र वित्तीय मुद्दाहरूको परीक्षण गर्नुपर्न बताएको छ । ओसीईडी विकास केन्द्रका उपनिर्देशक फेडेरिको बोनाग्लियालाई जवाफ दिँदै संजिवले विकासोन्मुख देशहरूलाई राहत प्रदान गर्नु जलवायु नीतिमा जोड्न जरुरी भएको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: