
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले तेस्रो त्रैमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक वृद्धि गरी वार्षिक प्रति सेयर आम्दानी रू. ३४.८७ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २०.०७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भई ३ अर्ब खुद नाफा आर्जन गरेको छ । बैंकको स्व-पुँजीमा प्रतिफल २१.५२ प्रतिशत रहेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले तेस्रो त्रैमासमा कर्जातर्फ ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत ( ८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २६० अर्ब पुर्याउन सफल भएको छ । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (९५ अर्र्ब) ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २८६ अर्ब पुर्याउन बैंक सफल भएको छ । यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस तेस्रो त्रैमासमा ०.४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्