Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालयसम्म मात्रै सो सेयरमा आवेदन दिन पाइने भएको हो ।  
बैंकले मेरो माइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो ।यसमा लगानीकर्ताले न्यूनतम ४३७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK