×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब ट्राफिक नियम उल्लङ्घनको जरिवाना अनलाईनबाट तिर्न सकिने, महाशाखाले गर्यो विभिन्न संस्थासँग सम्झौता (भिडियो)

PRIME CA
GLOBAL IME BANK

अब ट्राफिक नियम उल्लङ्घनको जरिवाना अनलाईनबाट तिर्न सकिने, महाशाखाले गर्यो विभिन्न संस्थासँग सम्झौता (भिडियो)

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले शुक्रबार फोन पे प्रा.लि. र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खाता मार्फत सिधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो । यस अघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पु¥याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ । 
सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, फोन पेको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आईपिएस)को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गर्नुभयो । यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने बरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि प्रणाली विकास गरेको जनाएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: