
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बैशाख १६ गते अर्थात भोली बिहिबारबाट कैलाली जिल्लाभर लकडाउन गरिने भएको छ । अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्ने गरी निषेधाज्ञाका लागि प्रशासनले आदेश जारी गरेपछि जिल्लाभर लकडाउन हुने चिन्तामा सर्वसाधरण परेका छन् ।
निषेधाज्ञाका लागि प्रशासनले आदेश जारी गरेपछि बुधबार धनगढीका पेट्रोल पम्पमा थामिनसक्नुको भिड देखिएको छ । बढ्दो पेट्रोलियम पदार्थको अभाव र लगत्तै हुन लागेको लकडाउनका कारण पेट्रोल पम्पमा भिड बढेको स्थानिय लालसिंह थापाले बताए । उनले भने, ‘कोरोनाको माहामारीका बीच भिडभाड बढ्दा जोखिम झनै बढेको छ ।’
त्यस्तै पेट्रोलका लागि पम्पमा पुगेका अर्का व्यक्ति अनुज चौधरीले लकडाउनले फेरी पनि आफुहरुको दैनिकी प्रभावित बनाउने तर्क राखे । उनले भने, ‘बाहिर निस्किन नपाईने भएपछि ४ घण्टादेखी पेट्रोल भर्नका लागि लाईनमा बसेको छु ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः






Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्