×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको एकदिन अघि धनगढीका पेट्रोल पम्पमा जे देखियो…! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लकडाउनको एकदिन अघि धनगढीका पेट्रोल पम्पमा जे देखियो…! (फोटो-कथा)

Artha Sarokar

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बैशाख १६ गते अर्थात भोली बिहिबारबाट कैलाली जिल्लाभर लकडाउन गरिने भएको छ । अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्ने गरी निषेधाज्ञाका लागि प्रशासनले आदेश जारी गरेपछि जिल्लाभर लकडाउन हुने चिन्तामा सर्वसाधरण परेका छन् ।
निषेधाज्ञाका लागि प्रशासनले आदेश जारी गरेपछि बुधबार धनगढीका पेट्रोल पम्पमा थामिनसक्नुको भिड देखिएको छ । बढ्दो पेट्रोलियम पदार्थको अभाव र लगत्तै हुन लागेको लकडाउनका कारण पेट्रोल पम्पमा भिड बढेको स्थानिय लालसिंह थापाले बताए । उनले भने, ‘कोरोनाको माहामारीका बीच भिडभाड बढ्दा जोखिम झनै बढेको छ ।’
त्यस्तै पेट्रोलका लागि पम्पमा पुगेका अर्का व्यक्ति अनुज चौधरीले लकडाउनले फेरी पनि आफुहरुको दैनिकी प्रभावित बनाउने तर्क राखे । उनले भने, ‘बाहिर निस्किन नपाईने भएपछि ४ घण्टादेखी पेट्रोल भर्नका लागि लाईनमा बसेको छु ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः






CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी