×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरेः मन्त्री साह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरेः मन्त्री साह

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन् । मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफुलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए । तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।
मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?’ मन्त्री साहले भने, ‘जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।’
आफुलाई मत दिने रौतहट क्षेत्र नम्बर ३ का एक जना मतदाता पनि आफुबाट नाखुस नभएको मन्त्री साहले बताए । आफ्नो प्रभावले एक मत पनि बढाउन नसक्ने प्रचण्ड हजारौँ मतदाताको साथबाट निर्वाचित सांसद पदको मालिक हुन खोजनु हास्यास्पद रहेको मन्त्री साहको जीकिर छ । सांसद पदबाट हटाउने प्रचण्डको कदम निरंकुताको पराकाष्टा भएको मन्त्री साहको भनाई छ । जनमतको अपमान गर्ने प्रचण्डलाई चुनावमार्फत आफ्नो असली हैसियत देखाउनसमेत मन्त्री साहले चुनौती दिए । चुनावको नामबाट मात्र आफु आतंकित हुने प्रचण्डहरुले छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनावमा सहभागी भए प्रचण्डको हैसियत थाहा हुने उनको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: