×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खुद ब्याज आम्दानी घट्दा पनि रिलायन्स फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमायो, यस्तो छ कारण…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ३७.३१% ले नाफा बढेको हो । गत वर्ष भने ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ३३.०६% ले घटेको छ । यद्यपि अन्य सञ्चालन आम्दानी बढेपछि नाफा भने बढेको छ । गत वर्ष ३९ लाख २६ हजार रुपैयाँ मात्र रहेको अन्य सञ्चालन आम्दानी बढेर यस वर्ष १३ करोड ६८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । 
५ अर्ब ७७ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले ४ अर्ब १९ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । रिर्जभ कोषमा २४ करोड ४६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: