×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको संचालकमा सृजना सुवेदी निर्विरोध निर्वाचित !

GLOBAL IME BANK

अजोड इन्स्योरेन्सको संचालकमा सृजना सुवेदी निर्विरोध निर्वाचित !

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिमा सृजना सुवेदी निर्विरोध निर्वाचित भएकी छिन् . कम्पनीमा उनी सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक पदमा निर्वाचित भएकी हुन । 
बिगत लामो समयदेखि सेयर बजारमा सक्रिय रहेकी सुवेदीलाई महिला लगानीकर्ताकि आदर्श पात्रका रुपमा समेत हेरिने गरिएको छ ।
आज सम्पन्न साधारणसभाका बीच उनलाई संचालक पदमा नियुक्त भएको प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । धारणसभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल पनि नियुक्त भएका छन् भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको साधारणसभामा अधिकाम्स शेयरधनीहरुले कम्पनीको इन्साइड ट्रेडिङको विषयलाई लिएर प्रश्न गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: