×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ६४ औँ राष्ट्रिय सहकारी दिवश मनाईयो, सुदूरका ९ सहकारी सम्मानित (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धनगढीमा ६४ औँ राष्ट्रिय सहकारी दिवश मनाईयो, सुदूरका ९ सहकारी सम्मानित (फोटो-कथा)

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा ६४ औँ राष्ट्रिय सहकारी दिवश मनाइएको छ । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रजिस्ट्रार अधिकारीको कार्यालयको आयोजनामा सुदूरपश्चिमका नौँ जिल्लाका प्रतिनिधिको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्ष रजिस्ट्रार गोकुल प्रसाद बोहोरा रहेका थिए भने प्रमुख अथिति कृषिमन्त्री बिनिता चौधरी रहेकी थिईन ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा सहकारीको अवस्था, चुनौती, समस्या र समाधान विषयक छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै सहभागिहरुले स्थानिय तहले सहकारीको संरक्षण र सुरक्षाको प्रत्याभुत गराउन नसकेको आरोप लगाए । त्यस्तै स्थानिय तहले सहकारीको उद्धेश्य अनुरुप काम गर्न नसकेको बताउँदै प्रदेशका सम्पुर्ण सहकारीको जिम्मेवारी रजिस्ट्रारको कार्यालयलाई दिनुपर्ने माग समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै कृषिमन्त्री बिनिता चौधरीले प्रदेशको समग्र विकासका लागि सरकार, निजि क्षेत्र र सहकारीको भूमिका महत्वपुर्ण हुने बताईन । उनले भनिन, ‘प्रदेश सरकारले देखेको कृषिमा क्रान्ती गर्ने सपना पुरा गर्नका लागि सहकारीको साथ अपरिहार्य छ ।’ उनले थपिन्, ‘सहकारी संस्था सेवामुखी हुन्छन् यसर्थ पनि सबैको समान पहुँच र व्यवस्थित कार्यशैली तयार पार्नै जरुरी छ ।’ त्यस्तै मन्त्री चौधरीले सुदूरपश्चिमका सहकारीप्रति राज्यको विशेषत संघ सरकारको ध्यान जान नसकेको प्रस्ट्याईन । उनले भनिन्, ‘केन्द्रमा पुरानै व्यवस्थापन छ तर प्रदेशको नयाँ संरचना लागु भएसँगै सहकारीहरु अन्यौलमा परेका छन् ।’ सहकारीलाई बजारीकरणसँग जोड्न सकेको खण्डमा विकासले फड्को मार्ने भएकोले त्यस लक्षित कार्यविधि तयार गर्ने मन्त्री चौधरीले प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौँ जिल्लाका उत्कृष्ट र समाजमा उल्लेखनिय योगदान पुर्याएबाफत नौँ सहकारी संस्थालाई सम्मान समेत गरिएको छ । जसमध्ये क्रमशः किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड कैलाली, जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुर, नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेड दार्चुला, प्रगतिशिल कृषक बचत तथा ऋण सहकारी संस्था अछाम, न्यु भिजन बचत तथा ऋण सहकारी संस्था बाजुरा, चौघारी बचत तथा ऋण सहकारी संस्था बझाङ्ग, वरपिपल बचत तथा ऋण सहकारी संस्था डोटी, जिवनज्योती बचत तथा ऋण सहकारी संस्था बैतडी र शिर्ष साना किसान कृषि सहकारी संस्था डडेल्धुरा रहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः













CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: