×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ विदेशी कम्पनीमध्ये सामसुङ बन्यो लक्ष्य भन्दा बढी सफलता हाँसील गर्ने एकमात्र कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK

१६ विदेशी कम्पनीमध्ये सामसुङ बन्यो लक्ष्य भन्दा बढी सफलता हाँसील गर्ने एकमात्र कम्पनी

Artha Sarokar

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । दक्षिण कोरियाली विद्युतीय सामाग्री उत्पादन गर्ने कम्पनी सामसुङ भारतमा रहेका ठूला विदेशी कम्पनीहरुमध्ये लक्ष्य भन्दा धेरै लगानी गर्ने तथा लक्ष्य हाँसील गर्ने एकमात्र कम्पनी बनेको छ । भारतमा रहेका ठूला १६ विदेशी कम्पनीमध्ये सामसुङ लक्ष्य भन्दा बढी सफलता हाँसील गर्ने एकमात्र कम्पनी बनेको छ । उक्त लक्ष्यले सामसुङ भारतीय सरकारले ल्याएको उत्पदान प्रोत्साहन योजना अन्तर्गत विभिन्न सुविधा पाउँने कम्पनीमा सुचिकृत भएको छ ।
सामसुङले सरकारी मापदण्ड पुरा गर्दै लक्ष्य भन्दा धेरै सफलता हाँसील गरेसंगै भारतमा रहेका एप्पलको सामान निर्माण गर्ने जिम्मेवारी पाएका कम्पनीहरु फोक्सकन र विस्ट्रोन, ओप्टिमस, डिक्सन, लाभा, भगवती, यूटीएल, सहस्रा, एटीएन्डएस र नियोलिन्कलगायत अन्य ह्यान्डसेट निर्माताहरूले करोडौंको प्रोत्साहन खर्च गुमाउन सक्ने जनाइएको छ । तरपनि भारतीय सरकारी अधिकारीले यस विषयमा अन्तिम निर्णय भने लिइ नसकेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी