×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ खोपको प्रभावकारितामाथि गम्भीर प्रश्न, काठमाडौँ उपत्यकामै ‘सिनोभ्याक’ लगाउने अडिटरलाई कोरोना संक्रमण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चिनियाँ खोपको प्रभावकारितामाथि गम्भीर प्रश्न, काठमाडौँ उपत्यकामै ‘सिनोभ्याक’ लगाउने अडिटरलाई कोरोना संक्रमण

Artha Sarokar

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । चिनियाँ खोप लगाएकाहरु पनि संक्रमित भएपछी चिनियाँ खोपप्रतिको विश्वसनीयतामाथि प्रश्न उठेको छ । चिनियाँ खोप ‘सिनोभ्याक’ लगाएका काठमाडौँका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछी खोपमाथिको विश्वसनीयतामाथि प्रश्न उठेको हो । खोप लगाएको १ हप्तापछी केहि लक्षण देखिएकाले उनले कोरोनाको परिक्षण गराएका थिए । परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको छ ।
‘चिनियाँ खोप खासै गतिलो छैन भन्ने सुनेको थिएँ । आज आफैं महसुस गर्दैछु । अडिटर भएकाले हाम्रो पालोमा यहि खोप परेछ ।’ संक्रमितले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्थ सरोकार डटकमसँग भने, ‘फेरी देशवाला राजनीति होला । मेरो नाम उल्लेख नगर्नुहोला । तर चिनियाँ खोप भनेको चिनियाँ सामान जस्तै रहेछ । डुब्लिकेट ।’ उनले आफुलाई संक्रमण भएपछी उक्त खोप लगाउने सबैजसोले पुन कोरोनाको परिक्षण गराएको र रिपोर्ट आउन बाँकी रहेकोसमेत बताएका छन् ।
यता विज्ञहरुले पनि कोरोनाको खोपले १०० % काम नगर्ने बताउंदै आएका छन् । चीनबाट आयातित सिनो भयाक नामक खोप अहिले देशका विभिन्न स्थानहरुमा लगाइदै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी