×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सुम्निमा हर्बल’ को ‘सुन वर्ष योजना’, कैलालीका ४ व्यापारीलाई सुन उपहार, कसरी बन्ने भाग्यशाली विजेता ?

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीका ४ उत्कृष्ट कस्मेटिक व्यापारीहरुलाई सुन उपहार सहित सम्मान गरिएको छ । स्किल लाईट कम्पनि सुम्निमा हर्बलको सुन वर्ष योजना अन्तर्गत कैलालीका ४ व्यापारीलाई शुक्रबार एक कार्यक्रमकाबीच पुरस्कृत गरिएको हो ।
कम्पनिको टार्गेट अनुसार उत्पादनको बिक्रिलाई उच्च कदर गर्दै उत्कृष्ट लक्ष्य हासिल गर्न सफल भएको भन्दै सुन उपहारसहित सम्मान गरिएको कम्पनिका बजार व्यवस्थापन प्रबन्ध निर्देशक असिम पौडेलले बताए । उनले भने, ‘यहाँमात्र होईन कम्पनिको उक्त अर्थात सुन वर्ष योजना देशैभरीका विभिन्न जिल्लाहरुमा सञ्चालन हुँदै आईरहेको छ ।’ कैलाली जिल्लाबाट पुरस्कृत हुनेमा सुमन कस्मेटिक पसल, अत्तरिया जसले १० ग्राम सुन पुरस्कार स्वरुप प्राप्त गरेको छ । त्यस्तै न्यु जय मातादी ट्रेडर्स, धनगढीले ६ ग्राम, प्राप्ती कस्मेटिक सप्लायर्स, धनगढीले ६ ग्राम र नैनादेवी श्रृगार पसल, धनगढीले ३ ग्राम सुन पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशको गैँडाकोट नगरपालिका ७ नवलपुरमा रहेको स्किल लाईट कम्पनि सुम्निमा हर्बलका प्रबन्ध निर्देशक विकास गुरुङ्ग हुन् । उक्त कम्पनिले विगत लामो समयदेखी सौन्दर्य(कस्मेटिक) सम्बन्धित सामान उत्पादन गर्दै आएको । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः









Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: