×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताइवानको भुईकटहरमा चीनले लगायो प्रतिबन्ध, आर्थिक दबाब दिने उद्देश्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ताइवानको भुईकटहरमा चीनले लगायो प्रतिबन्ध, आर्थिक दबाब दिने उद्देश्य

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताइपेइ । चीन सरकारले ताइवानबाट निर्यात हुने भुईकटहरमा प्रतिबन्ध लगाएको छ । ताईवान सरकारलाई आर्थिक दबाब दिन चीनले सो देशको भुईकटको निर्यातमा प्रतिबन्ध लगाएको हो । चीनको ताइवान मामिला कार्यालयले भने वनस्पति रोग सर्नबाट रोक्न र जैव सुरक्षाका दृष्टिकोणले भुईकटहरमा प्रतिबन्ध लगाएको जनाएको छ । यो सामान्य सावधानीको कदम रहेको बताइएपनि चीनले ताईवानलाई आर्थिक दबाब दिन यस्तो कदम चालेको अनुमान गरिएको छ ।
ताइवानी राष्ट्रपति कार्यालयका प्रवक्ता जेभिएर चानले चीनको प्रतिबन्ध गर्ने कदम मैत्रीभाव बिरोधी भएको टिप्पणी गरेका छन् । ताइवानमा प्रत्येक बर्ष चार लाख बीस हजार टन भुईकटहर उत्पादन हुने गर्दछ । चीनले ताइवानमाथि आफ्नो पूर्ण सार्वभौमिकताको दाबी गर्दै आएको छ भने भने ताइवानले आफु स्वतनत्र मुलुकको दाबी गर्दै आएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: