×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : वसन्तपुरमा सामग्री बेच्दै व्यापारी, जीविकोपार्जनकको लागि फर्निचर पोलिस गर्न बाध्य महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वसन्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामग्री बेच्दै गरेका व्यापारीदेखि भक्तपुरको च्यामासिंहमा काठको फर्निचरमा पोलिस गरिरहेका महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
विश्व सम्पदामा सूचिकृत वसन्तपुर दरबार क्षेत्रमा हस्तकलाका विभिन्न सामग्री खरिदबिक्री गरिँदै । पर्यटकीय स्थलका रुपमा रहेको यस क्षेत्रमा पर्यटकको चहलपहल बढने गरेको छ । 
भत्तपुरको च्यामासिंहमा काठको फर्निचरमा पोलिस गर्दै महिला ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवनिर्मित भवनको शुक्रबार धुलिखेलमा रिबन काटेर उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा । २०७५ सालमा निर्माण सुरुभएको उक्त भवन रु एक करोड ४८ लाख १७ हजारमा सम्पन्न भएको छ । 
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी सांसदहरु ।
आमासमूहका महिला ललिलपुरको बज्रवाराही मन्दिर आसपासमा भएको बनभोजमा रमाउँदै ।
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको निर्वाचनमा प्राप्त भएका मत गणना गरिँदै ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डअन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिकामा कालोपत्रेका लागि सडक सफा गर्दै मजदुर ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: