×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : बिना मास्क भवनको उद्घाटन गर्दै व्यास नगरपालिकाका जनप्रतिनिधी, थानकोटमा चेक जाँचमा कडाई

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बिना मास्क भवनको उद्घाटन गरिरहेका व्यास नगरपालिकाका जनप्रतिनिधीदेखि थानकोटमा सुरक्षामा गरिएको कडाईसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
चेक जाँच 
हेरौं फोटो समाचारः
व्यास नगरपालिका–९ को वडा कार्यालय भवनको उद्घाटन गर्नुहुँदै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीलगायतका । रु ९० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । तर उनीहरुले न त दुरी कायम गरेका छन् न त मास्कको प्रयोग नै गरेका छन् । 
कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले दुई साताको लागि गत बिहीबार जारी गरेको निषेधाज्ञाका क्रममा शुक्रबार थानकोट चेकपोष्टमा सुरक्षा जाच गर्दै प्रहरी । 
टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार कोभिड १९ का बिरामीको उपचार गर्दै चिकित्सक ।
पोखराको फेवातालको सुनसान दृश्य । कोरोना महामारी बढ्दै गएपछि रोकथामका लागि सरकारले गरिएको निषेधाज्ञाको तेस्रो दिन सुनसान देखिएको पोखराको फेवाताल । 
लमजुङ राइनास नगरपालिका वडा नं १ साहिलिटारका महिलाहरु विभिन्न विवाह, भोज भतेरको लागि तयारी अवस्थामा राख्नका लागि सालको पातको टपरी बुन्दै । सालको पातबाट बनेको दुना टपरी पवित्र मानिन्छ र पुजाआज गर्न समेत प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समयमा यस्ता दुना–टपरीको बेवास्ता हुँदै जाँदा यता कता मात्र प्रयोगमा आउने गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित ब्राइट फ्युचर बोर्डिङ स्कूलका शिक्षक कक्षा १० को अनलाइन कक्षा सञ्चालन गर्दै । कोरोनाका जोखिमका कारण जिल्लाका सबै विद्यालय बन्द भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले गत बिहीबार जारी गरेको निषेधाज्ञाका क्रममा शुक्रबार सुखडमा सुरक्षा जाँच गर्दै प्रहरी । 
जुम्लाको हिमा गाउँपालिका– १ का स्थानीयवासी र प्रहरीद्धारा कोरोनाको दोस्रो लहरको भाइरस बढिरहेको बेला गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेतना फैलाउँदै ।
पछिल्लो समय कोरोना भाइरसलगायतका सङ्क्रमण बढेपछि दाङमा प्रशासनले शुक्रबारदेखि गरेको निषेधाज्ञाका क्रममा शुक्रबार सुनसान देखिएको तुलसीपुर बजार । दाङमा वैशाख २५ गतेसम्म लकडाउन गरिएको छ ।
धेरै उत्पादन हुने हाईब्रिड मकैको बीउ देशभित्र उत्पादन हुन नसकेको अवस्थामा बाँकेमा किसानको बारीमा नै मकै हाईब्रिड रामपुर–१० को उत्पादन गर्न थालिएको गेट नेपालका कार्यालय प्रमुख टिकाराम उपाध्यायले जानकारी दिनुभयो । बाँकेमा हाईब्रिड मकैको वीउ उत्पादन सुरु भइसकेको छ । ग्लोबल एग्रीटेक नेपाल प्रालि (गेट नेपाल) बैजानाथले बाँकेको विभिन्न स्थानमा हाईब्रिड मकैको वीउ उत्पादन सुरु गरेको हो । 
कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले दुई साताको लागि गत बिहीबार जारी गरेको निषेधाज्ञाका  क्रममा शुक्रबार भद्रकाली–सिंहदरबार सडक खण्डमा सवारी साधनको चाप कम देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: