
काबुल । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने करिब सुनिश्चित भएपछि आतंकवादी समूह तालिबान र अलकायदाबीचको सम्बन्ध थप नजिकिएको छ । उनीहरुले सम्बन्धलाई पुनस्र्थापना गर्न खुफिया अधिकारीहरु लागिरहेको दुवै लडाकू समूहका सदस्यहरूले बताएका छन् । अफगानिस्तानमा रहेका एक खुफिया अधिकारी र गुप्त राजनीतिज्ञले द डेली बिस्टलाई भने, ‘तालिवानले संयुक्त राज्यको सबैभन्दा लामो युद्धबाट बच्न इस्लामीहरूको बिचमा ठूलो सम्मान आर्जन गरेको छ । तालिबान र अल कायदो एक अर्काको सम्मान गर्दछन् । यदि अफगानिस्तानमा शान्ति र स्थायित्व छैन भने तिनीहरूे एक अर्काका प्यारी हुन सक्छन् ।’
कूटनीतिज्ञसहित धेरै अफगानी अधिकारीहरूले अल कायदाले तालिबानी विद्रोहीसँग घनिष्ट सम्बन्ध कायम गरिरहेको बताएका छन् । गत वर्ष अमेरिकासँग भएको तालिबानको सम्झौतापछि अलकायदासँगको सम्बन्ध तोड्न आग्रह गरिएको थियो । तर तालिबानले भने उक्त सम्झौता तोडने विषयमा कुनै निर्णय गरेको छैन । तालिबान समूहले अफगानिस्तान कब्जा गर्नका लागि अमेरिकी सेना फिर्ताको समय कुरिरहेको बताइएको छ । अमेरिकाले सेप्टेम्बर ११ मा आफ्ना सबै सेनाहरुलाई फिर्ता गरिसक्ने घोषणा गरेको छ । तालिबानी वार्ता टोलीका वरिष्ठ सदस्य सोहेल शाहीनले डेली बिस्टलाई भने कि बाइडेन प्रशासनले मे १ मा आफ्ना सबै सो फिर्ताको अन्तिम मिति तय गरेको भए पनि त्यो पूरा गर्न असफल भएको छ ।
तालिबान समूहले अमेरिकाले सन् २०१९ मा भएको शान्ति सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ । तालिबानी समूहले अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेका कारण तालिबानी समूहले पनि सम्झौता कार्यान्वयन गर्न कुनै बाध्यकारी नभएको उनले बताएका छन् । पेशावरमा बस्ने एक अल कायदाका सदस्यले तालिवानसँगको साझा ग्लोबल एजेन्डालाई अघि बढाउन आफूहरु तयार भएको बताएका छन् । ‘हामी संयुक्त राज्यविरुद्ध लामो संघर्ष गर्दैछौं । अल कायदा र बिन लादेनको मिसन कहिले अन्त हुँदैन । यदि अफगानिस्तानमा तालिबानीले संयुक्त राज्य अमेरिकाको बिरूद्ध युद्ध जित्दै छ भने त्यसले अल कायदा र बिन लादेनको अन्तिम अन्तिम लक्ष्य साझा गर्दैछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्