
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जिल्ला प्रशासन कार्यालय बागलुङले आजदेखि निषेधाज्ञा जारी गरेपछि सुनसान देखिएको बागलुङ बजारदेखि पोखरामा मकै साइकलमा राखेर बिक्रीका लागि हिँडेका एक व्यापारसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
बागलुङ सदरमुकाममा कोराना भाइरसको सङ्क्रमण बढेपछि कोरोना सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू गरेको निषेधाज्ञामा सुनसान भएको बागलुङ बजार ।

पोखरा महानगरपालिका–८ रत्नचोकमा मकै साइकलमा राखेर बिक्रीका लागि हिँडेका व्यापारी ।

सदरमुकाम बेनीबाट गुर्जा लैजान म्याग्दीको धौलागिरि गाउँपालिका –३, मुनाको मटला भीरमा ल्याएर राखिएको स्याउका बिरुवा । यहाँसम्म यातायातको सुविधा भएपनि मटलाबाट एक दिनको पैदल हिँडेपछि गुर्जा पुगिन्छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ । सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

रामतुलसी मावि रामपुरको विद्यालय भवन निर्माणमा खटिएका मजदुर । पाल्पामा निषेधाज्ञा जारी गरिएपनि सतर्कता अपनाउँदै भवन निर्माणमा काम गर्न पाउँदा मजदुर खुशी छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा अखाद्यवस्तु भित्र्याउने तुर्माखाँद गाउपालिका–७, अछामका ३२ वर्षीय चालक अशोक शाहीले क।प्र।२–००१–क०१२१ नं।को ट्रकमा खाद्य पदार्थको बीचमा लुकाइ छिपाई सुर्खेत ल्याएको २५ बोरा सूर्तिजन्य सामग्रीसहित चाउचाउ नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुरक्षाकर्मी ।

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइँदै ।

कोरोना दोस्रो लहरबाट सङ्क्रमित भई आइसोलेसनमा रहेर अक्सिजन आवश्यकपर्ने बिरामीका लागि बुटवल उपमहानगरपालिकाद्धारा सञ्चालित अक्सिजन बैंकमा राखिएका अक्सिजनका सिलिन्डर ।

जुम्लाको तिला गाउँपालिका – १ का स्थानीय शेरबहादुर रावत परम्परागत शैलीमा राडी बुन्दै । बजारमा पछिल्लो समय राडी पाखीको अत्याधिक माग हुँदै आएको उहाँ बताउनुहुन्छ । कोरोना भाइरसको सङ्क्रमणले बजार बन्द हुन थालेपछि आफ्नो व्यावसायिकमा समस्या हुने चिन्ता रावतलाई छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्