×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शान्ति कायम भइरहेको वर्तमान विश्वमा अर्को युद्धको खतरा उत्पन्न गर्दै चिन !

बेइजिंग । विगतका शताब्दिहरुमा भएका विभिन्न युद्धहरुलाई हेर्दा जब-जब नयाँ हतियारहरुको विकास भयो, तब-तब विश्वमा युद्धहरु भएका छन् । पहिलो विश्वयुद्धका मेसिन गन विशेषरुपमा प्रयोग गरियो भने वायुसेना विमानहरु, ट्यांकहरु दोस्रो विश्वयुद्धमा प्रयोग गरिए । हतियार प्रविधिको विकाससँगै युद्धहरुको जन्म भएको पाइन्छ । हाल चीनले पनि नयाँ अवधारणामा हतियारहरु विकास गरिरहेका छ । जसले गर्दा शान्ति कायम भइरहेको वर्तमान विश्वमा अर्को युद्धको खतरा उत्पन्न भएको छ ।
चीनले हाल पश्चिमा राष्ट्रहरुसँगको सम्बन्धलाई थप तिक्तापूर्ण बनाइरहेको छ भने एसियामा आफ्नो एकाधिकार कायम गर्ने प्रयास गरिरहेको छ । यसले गर्दा चीनले नयाँ रणनीति अनुसार विश्वका आफ्ना शत्रुहरुलाई ध्वस्त पार्नसक्ने गरि हतियारको विकास गरिरहेका छ । पछिल्ला दुई दशकयता चीनले एसेसिन्स मास हतियार प्रविधिलाई अवलम्बन गरिरहेको छ भने यही प्रविधिमा आधारित हतियारहरुको विकासमा लागिरहेको बताइएको छ । यो चिनियाँ शब्द शाशोउजियानबाट आएको हो । यसको अर्थ बहुत शक्तिशाली शत्रुमाथि विजयप्राप्त गर्नु भन्ने हुन्छ ।
यस अवधारणा अन्र्तगत बनेका हतियारहरु जस्तै रकेट लन्चर पीएचएल०३ ट्रक, डीएफ२१डी एन्टी सिप ब्यालेस्टिक मिसाइललगायतका बुहशक्तिशाली हतियारहरु हाल चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मीले प्रयोग गरिरहेको छ । चीनले विश्व महामारीकै समयमा आन्तरिक र बाह्यरुपमा विवाद सिर्जना गराइरहेको छ । दक्षिण र पूवी चीन सागर, भारतसँगको सीमा विवाद, अमेरिकालगायतका पश्चिमा राष्ट्रहरुसँगको तनावपूर्ण सम्बन्धका बीचमा नयाँ अवधारणाका हतियारहरुको विकासले विश्वमा जोखिम र त्रासपूर्ण अवस्था सिर्जना गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: