×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युरोपियन युनियज र भारतबीच स्थगित भएको व्यापार वार्ता पुनः सुरु, अहिलेका चुनौतीहरुलाई सामना गर्ने

ब्रसेल्स । युरोपियन युनियज र भारतले सन् २०१३ देखि स्थगित भएको व्यापार वार्तालाई पुनः सुरु गरेका छन् । गत शनिबार पुनः सुरु भएको स्वतन्त्र व्यापार वार्तामा दुबै मुलुकले चीनको बढ्दो प्रभावलाई रोक्ने विषयमा केन्द्रित भएको रायर्टसले जनाएको छ । वार्तापछि जारी भएको विज्ञप्ति अनुसार चीनको बढ्दो प्रभावलाई रोक्नका लागि विश्वका दुई ठूला अर्थतन्त्र भएका राष्ट्रहरुलाई एक ठाउँमा ल्याएको छ । दुबै मुलुकको सहमतिमा जारी गरिएको विज्ञप्तिमा भारत पक्षले हस्ताक्षर गर्न बाँकी रहेको छ ।
भर्चुअल माध्यमबाट भएको वार्तापछि जारी गरिने वक्तव्यमा भनएिको छ, ‘सन्तुलित, महत्वाकांक्षी, बृहत् र पारस्पारिक हितका लागि व्यापार सम्झौताहरु गर्ने विषयमा हामीले वार्ता पुनः सुरु गरेका छौं । यस वार्ताले अहिलेका चुनौतीहरुलाई सामना गर्ने विषयमा हाम्रो छलफल केन्द्रित भएको छ ।’ उक्त विज्ञप्तिको मस्यौदामा ईयूमा रहेका राष्ट्रहरुले लगानीको संरक्षण गर्ने सहमति गर्नुपने र यसले भूराजनीतिक महत्व राख्नेसमेत उल्लेख गरिएको छ । यसले फ्रान्समा उत्पादन हुने कृषि उपज चामपाग्नेदेखि भारतको दार्जिलिंगको चियासम्मको विषयमा लगानी गरिने र यसको संरक्षणका लागि सरकार प्रतिबद्ध हुनुपर्ने बताइएको छ ।
ईयूको संसद्ले गरेको एक अध्ययन अनुसार सन् २०२० मा भारतबाट भएको व्यापारमा करिब ८.५ बिलियन युरो नाफा हुने बताइएको छ । बेलायत ईयूबाट अलग हुँदा पनि व्यापारमा खासै प्रभाव नपरेको बताइएको छ । यससँगै भारत र ईयूको संयुक्त प्रयासमा संसारका विभिन्न मुलुकहरुमा आवश्यक संरचनाहरुको निमार्णलाई पनि अघि बढाउने विषयमा समेत सहमति भएको बताइएको छ । जसमा यातायात, उर्जा र डिजिटल क्षेत्रको विकासमा जोड दिइने जनाइएको छ । यसले गर्दा चीनको प्रभावलाई रोक्नका लागि सहयोग हुने भारत र ईयूको ठहर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: