×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

नागरिक लगानी कोषको खुद नाफामा ५६.०३% को छलाङ, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था कस्तो ?

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले खुद नाफा ५६.०३% ले बढाएर ५९ करोड २० लाख ९ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष कोषले ३७ करोड ९४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
यस्तै ब्याज आम्दानी १२ करोड ४३ लाख ६३ रुपैयाँले बढेर १८ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ६१ करोड ६२ लाख रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष ७९ करोड २ लाख रुपैयाँ पुगेको छ । विधि आम्दानी १६ लाखबाट १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीले मुद्दति निक्षेपमा ९८ अर्ब १४ करोड ६१ लाख ७३ हजार रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १३ अर्ब ६० करोड ७३ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । कोषको प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal