Skip to content
LAXMI SUNRISE BANK

७५ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.२६% ले बढाएर १४ करोड ५७ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीले कुल ४१ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ४ करोड ११ लाख रुपैयाँ छ ।
कम्पनीको खुद बिमा शुल्क पनि १०९.८८% ले बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यस्तै रिजर्भ कोषमा ७६ करोड रुपैयाँ छ भने जीवन बिमा कोषको आकार १३८.२१% ले बढेर ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । कम्पनी ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारीमा पनि रहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK