×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नदी किनारमा गिट्टी कुट्नेहरुको चित्कार, ‘…लकडाउनले गरिबका पेटमा लात हान्यो !’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नदी किनारमा गिट्टी कुट्नेहरुको चित्कार, ‘…लकडाउनले गरिबका पेटमा लात हान्यो !’

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीको गौरिगंगा नगरपालिकामा रहेको खुटिया नदीमा स्मृति वि.क विगत ५ वर्षदेखी गिट्टी कुटेरै आफ्नो परिवार चलाईरहेकी छिन् । ७ जनाको परिवार जसमा काम गर्ने उनी र उनका श्रीमान मात्रै रहेका छन् । भारतमा मजदुरी गर्दै आएका उनका श्रीमान कोरोनाको संक्रमण सूरु भएसँगै विगत एक वर्ष पहिले स्वदेश फर्किएका थिए ।
पहिलो चरणको कोरोना संक्रमण केही निर्मुल भएसँगै परिवार सरल जिवनयापनमा फर्किएको उनि बताउँछिन् । आफ्नो विगतलाई सम्झिदै उनले भनिन्, ‘खान लाउन पनि निकै समस्या हुने गर्दथ्यो ।’ पहिलो चरणको कोरोनाले त झनै बिर्सनै नसकिने छाप छोडेको छ’, काखमा २ वर्षको छोरा च्याप्दै भनिन, ‘यसपाली त झनै गाह्रो बनायो ।’
विक जस्तै खुटिया किनारमा गिट्टी कुटेर जिवन चलाउने अरुपनि थुप्रै परिवार रहेका छन् । र सबैका पिडा उस्तै छ । बल्ल बल्ल तंग्रिन सूरु गरेको जिवनयापनामा फेरीपनि कोरोनाको दोस्रो लहर सूरुभएपछि अवस्था पुरानै लयमा फर्किएको उनिहरु बताउँछन् । ‘साँझ बिहान छाक टार्न पनि मुस्किल परिरहेका बेला लकडाउन हुँदा हामी गरिबको पेटमा लात हानेजस्तै भएको छ’, गिट्टी कुट्दै विकले भनिन् ।
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सूरु भएसँगै कैलाली कञ्चनपुरमा लकडाउन अर्थात निषेधाज्ञा आदेश जारी गरिएको छ । यता निषेधाज्ञाको प्रभाव गरिब तथा मजदुर वर्गमा परेको छ । दिनभरी मजदुरी गरेर हातमुख जोड्ने परिवारहरुको अहिले विचल्ली भएको छ तर उनिहरुको यो दुःख प्रति स्थानिय तह र जनप्रतिनिधिको ध्यान भने गएको देखिदैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: