×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीको असुरक्षित कोरोना अस्पतालः नर्स मास्क लाउँदैनन्, प्रवेशद्धारमा हात धुने ठाउँको अवस्था पत्तो छैन ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको अस्थाई कोरोना अस्पताल पछिल्लो समय असुरक्षित बन्दै गएको छ । अस्पतालमा कोरोनाका संक्रिय संक्रमितको उपचार गरिन्छ भने उपचारका लागि अस्पतालले चिकित्सक तथा नर्सलाई सिफ्टका आधारमा खटाइएको छ । तर पछिल्ला दिनमा सामान्य नजरले पनि उक्त अस्पताल र वरिपरीको समुदाय संक्रमणको उच्च जोखिममा छ भन्ने प्रष्ट देखिन्छ ।
अस्थाई कोरोना अस्पताल प्रवेशद्धारमै हात धुनका लागि ट्याङ्किसहितको व्यवस्था गरिएको छ तर प्रयोग भने गरिएको छैन । अर्थ सरोकारको टिम उक्त क्षेत्रमा पुगेर हेर्दा संक्रमित र भेट्न आउनेहरुबीच पनि दुरीसँगै सुरक्षाका मापदण्ड अपनाइएको देखिएन । पर्खालको पारी पट्टी संक्रमित उभिएका थिए भने वारी मास्कको प्रयोगबीनै भेट्न आउनेहरु देखिन्थे । त्यतिमात्रै नभएर संक्रमितको उपचारमा खटिएका नर्सहरुले पनि अति आवस्यक मास्कको प्रयोग गरेका थिएनन् । यसरी स्वयमं आफै संक्रमित हुने डर त रह्यो संक्रमण समुदायस्तरमा फैलिने जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । बाँकी फोटोमा हेर्नुहोस्ः








Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: