
डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्ला हाल कम्तीमा पनि २०० भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।
सङ्क्रमितको उपचारमा सहजता ल्याउन तथा सङ्क्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि जिल्ला अस्पतालमा रकम आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले रकम प्रदान गरेको छ, अब उपचारमा सहज हुनेछ ।’
प्रदेश सरकारले यहाँका डोटीसहित अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला अस्पताललाई पनि अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्नका लागि ८० लाखका दरले रकम प्रदान गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै गएपछि सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देश्नालयले जनाएको छ । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्