×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा आज दिउँसो २ बजे बस्दै, ८.४२% लाभांश पारित हुने !

GLOBAL IME BANK

एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा आज दिउँसो २ बजे बस्दै, ८.४२% लाभांश पारित हुने !

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा आज दिउँसो २ बजे बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसारमा भिडियो कन्फरेन्समार्फत सुरु हुने भएको हो  । सभामा कम्पनीले ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८% बोनस र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्न लागेको हो । 
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेलगायतका प्रस्ताव पनि छ । सभाका लागि कम्पनीले वैशाख २९ गते बुक क्लोज गरेको छ । जसअनुसार वैशाख २८ गतेसम्म कायम लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: