×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज आइतबार एक्सेल डेभलपमेन्ट बैंकको ३ कम्पनीको संस्थापाक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र यूनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । 
बैंकले वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ कम्पनिको सेयर लिलामीमा बिक्री खुल्ल्ला गरेको हो । इच्छुक लगानिकर्ताले आज कार्यालय समयभित्र आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ कायम गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन् । विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेन्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदनकर्ताले पनि आवेदन दिन सक्नेछन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: