
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एकैसाथ जेठ २८ गते विशेष साधारणसभा बोलाएका छन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने विशेष प्रस्ताव पारित गर्न दुवैले एकैदिन सभा बोलाएका हुन् ।
नेपाल फाइनान्सको सभा संस्थाको केन्द्रीय कार्यालय कमलादीमा बिहान ११ बजे सुरु हुनेछ भने ललितपुर फाइनान्सको सभा पनि केन्द्रीय कार्यालय लगनखेलमा बिहान ११ बजे सुरु हुनेछ । साथै सभामा सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियोलाई पारित गरी एक्विजिसन सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । अहिले ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले एक्विजिसनपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् ।
सभाले एक्विजिसन सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।यी दुवै संस्थाले गत पुस २३ गते एक्विजिसन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्